Journey to Kalinchok

कालिन्चोक यात्रा

कालिन्चोक जान सबैभन्दा पहिले काठमाडौंको पुरानो बसपार्कबाट चरिकोट सम्म बसबाट जानुपर्छ । आफ्नै बाईक अथबा फोर व्हील गाडी लग्यो भने सजिलो हुन्छ । काठमाडौं बाट चरिकोट सम्म पुग्न लगभग ६ घण्टा जति लाग्छ । बिहान ७ बजे काठमाडौं बाट गयो भने की खाडीचौरमा की मुडेमा खाना खानको लागि बस रोक्छ । खाना चै खाडीचौरको मिठो छ है । त्यहाँ सुनकोशी खोलाको असला माछा पनी खान पाइन्छ ।

खाडीचौर बजार को एक झलक
खाडीचौर बाट चरिकोट तथा जिरी जाने पूल


काठमाडौं बाट साँगा बनेपा धुलिखेल पाँचखाल लामिडाँडा दोलालघाट बलेफी कोठे अन्धेरी खाडीचौर मुडे खरिढुङा हुँदै चरिकोट पुगिन्छ ।

खरिढुङाको एक झलक

चरिकोट बजारमा छिट्टै पुग्नुभयो भने तपाईं दोलखा भिमसेन को दर्शन गर्न पनि जान सक्नुहुन्छ । चरिकोटबाट दोलखा भिमसेनको मन्दिर सम्म जान बाईकबाट २० देखि २५ मिनट लाग्छ । चरिकोट बजार भीमेश्वर नगरपालिका भित्र पर्दछ । यो दोलखा जिल्लाको सबैभन्दा ठुलो बजार तथा ब्यापारिक केन्द्र हो । चरिकोट बजारमा लज तथा होटेलहरुको राम्रो बेबस्था छ ।

चरिकोट बजारको चोक तथा लक्ष्मी लज
चरिकोट बजार को एक दॄश्य
चरिकोट बजार को एक दॄश्य
चरिकोट बजार र दोलखाको मनोरम दॄश्य



दोस्रो दिन बिहान चरिकोटबाट हाम्रो यात्रा सुरु हुन्छ ।  चरिकोट बाट देउराली, गैरी, कुरी हुँदै कालिन्चोक भगवतीको मन्दिरमा पुगिन्छ ।  चरीकोटबाट कुरी लगभग  १९ किलोमीटर छ ।  चरीकोटबाट आर्मी ब्यारेकको बाटो हुँदै उत्तर तर्फ उकालो लागेको करिब ४० मिनट देखि १ घण्टा भित्रमा देउराली पुगिन्छ । देउरालीमा चिया नास्ताको ब्यबस्था छ । त्यहाँ चिया नास्ता खाएर जानु भयो भने राम्रो हुन्छ किनभने त्यसपछी धेरै माथि मात्र गैरी भन्ने ठाउँमा मात्र चिया नास्ता पाईन्छ ।  त्यसपछी देउराली बाट गैरी सम्म उकालै उकालो बाटो जानु पर्छ। यदि बाईक बाट यात्रा गर्दै हुनुहुन्छ भने बिस्तारै जानु पर्ने हुन्छ । बाटो त्यती राम्रो छैन ।

देउराली भन्दा माथि नराम्रो बाटोमा बाईक चलाउदाको दॄश्य
देउराली भन्दा माथि नराम्रो बाटोमा बाईक चलाउदाको दॄश्य
गैरी आइपुग्नु लाग्दा नराम्रो बाटोमा बाईक चलाउदाको दॄश्य

 करिब १ देखि साडे १ घण्टामा गैरी भन्ने ठाउँमा पुगिन्छ । गैरीमा याकको मिठो छुर्पी पाउछ । गैरी बाट करिब १ देखि साडे १ घण्टामा कुरी बजार भन्ने ठाउँमा पुगिन्छ । बाईक अथबा गाडीबाट जाँदा कुरी सम्म मात्र जान सकिन्छ । त्यही दिन चरिकोट फर्कन गार्हो हुने भएकोले कुरीमा नै खाना तथा बस्नको लागि ब्यबस्था मिलाउनुपर्ने हुन्छ । खाना तथा बस्नको लागि ब्यबस्था मिलाईसकेपछी कालिन्चोक भगवतीको मन्दिर भएको डाँडा तिर उकालो जानुपर्छ ।

गैरी गाउँको एक दॄश्य
कुरी बजारको एक दॄश्य

कुरी बजारको एक दॄश्य

कुरी बजारको एक दॄश्य

करिब १ देखि साडे १ घण्टामा कालिन्चोक भगवतीको मन्दिरमा पुगिन्छ । यस ठाउँमा बडा दशै तथा चैते दशैमा मेला लाग्छ । बडा दशैको मेलामा जाने हो भने न्यानो न्यानो लुगा लगाएर जानु पर्छ । यो बेलामा यहाँको मौसम चिसो हुन्छ ।  माथि कालिन्चोक भगवतीको मन्दिरमा पुजाआजा गरिसकेर त्येही दिन तल कुरी बजार फर्कनु पर्छ । माथि बस्ने ठाउँ छैन र धेरै जाडो पनि हुन्छ । कालिन्चोक भगवतीको मन्दिर भएको डाँडाबाट सफा मौसम भएको बेला कोदारी भञ्ज्याङ र रोल्वालिङ हिमश्रीङ्खला राम्रो सँग देखिन्छ  । यो समुन्द्र सतह देखि ३९५० मिटर को उचाईमा छ । माथिबाट फर्के पछि कुरी बजार मा आएर बस्नुपर्छ । भोलिपल्ट बिहानै ४ बजे तिर फेरि कालिन्चोक भगवतीको मन्दिर भएको डाँडातिर जनुभयो भने तपाईंले सुर्योदयको तथा रोल्वालिङ हिमश्रीङ्खलाको दॄश्य हेर्न तथा फोटो खिच्न सक्नुहुन्छ ।  त्यहाँ जादा क्यामॆरा लान नबिर्सनु होला है ।

कालिन्चोक भगवतीको मन्दिरबाट खिचिएको दॄश्य
कालिन्चोक भगवतीको मन्दिरबाट खिचिएको दॄश्य
कालिन्चोक भगवतीको मन्दिर
कालिन्चोक भगवतीको मन्दिरबाट खिचिएको दॄश्य
रोल्वालिङ हिमश्रीङ्खलाको दॄश्य
कालिन्चोक भगवतीको मन्दिर
कालिन्चोक भगवतीको मन्दिर
कालिन्चोक भगवतीको मन्दिर
कालिन्चोक भगवतीको मन्दिरमा चडाइएको घण्टहरु
कालिन्चोक भगवतीको मन्दिरबाट खिचिएको दॄश्य
कालिन्चोक भगवतीको मन्दिरबाट खिचिएको दॄश्य
कालिन्चोक भगवतीको मन्दिरबाट खिचिएको दॄश्य
कालिन्चोक भगवतीको मन्दिरबाट पर्येटकहरु तस्बिर खिच्दै
कालिन्चोक भगवतीको मन्दिर जाने बाटो
कालिन्चोक भगवतीको मन्दिरबाट खिचिएको दॄश्य

कालिन्चोक भगवतीको मन्दिरबाट खिचिएको दॄश्य



श्री कालिन्चोक भगवती माताले हामी सबैको कल्याण गरुन् 
श्री कालिन्चोक भगवती माता की जय ! जय !! जय !!!

Comments

Post a Comment

Popular posts from this blog

Khadichaur