Posts

Showing posts from November, 2010

Journey to Kalinchok

Image
कालिन्चोक यात्रा कालिन्चोक जान सबैभन्दा पहिले काठमाडौंको पुरानो बसपार्कबाट चरिकोट सम्म बसबाट जानुपर्छ । आफ्नै बाईक अथबा फोर व्हील गाडी लग्यो भने सजिलो हुन्छ । काठमाडौं बाट चरिकोट सम्म पुग्न लगभग ६ घण्टा जति लाग्छ । बिहान ७ बजे काठमाडौं बाट गयो भने की खाडीचौरमा की मुडेमा खाना खानको लागि बस रोक्छ । खाना चै खाडीचौर को मिठो छ है । त्यहाँ सुनकोशी खोलाको असला माछा पनी खान पाइन्छ । खाडीचौर बजार को एक झलक खाडीचौर बाट चरिकोट तथा जिरी जाने पूल काठमाडौं बाट साँगा बनेपा धुलिखेल पाँचखाल लामिडाँडा दोलालघाट बलेफी कोठे अन्धेरी खाडीचौर मुडे खरिढुङा हुँदै चरिकोट पुगिन्छ । खरिढुङाको एक झलक चरिकोट बजारमा छिट्टै पुग्नुभयो भने तपाईं दोलखा भिमसेन को दर्शन गर्न पनि जान सक्नुहुन्छ । चरिकोटबाट दोलखा भिमसेनको मन्दिर सम्म जान बाईकबाट २० देखि २५ मिनट लाग्छ । चरिकोट बजार भीमेश्वर नगरपालिका भित्र पर्दछ । यो दोलखा जिल्लाको सबैभन्दा ठुलो बजार तथा ब्यापारिक केन्द्र हो । चरिकोट बजारमा लज तथा होटेलहरुको राम्रो बेबस्था छ । चरिकोट बजारको चोक तथा लक्ष्मी लज चरिकोट बजार को एक दॄ